काठमाडौं : ओखलढुंगामा सर्वदलीय बैठक सुरु भएको छ। ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यका अनुसार सबै ठाउँबाट मतपेटिका ल्याएपछि बैठक सुरु भएको हो।अहिले बैठक जारी रहेको र बैठक सकिएपछि मतगणना कार्य थालिने उनको भनाइ छ। नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार छन्। उनीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ।