वीरगञ्ज- वीरगञ्जमा लगाइएको कर्फ्युको विषयमा अहिले सर्वदलीय बैठक बसिरहेकाे छ। जिल्ला प्रशासन कार्यालय, पर्सामा सर्वदलीय बैठक बसिरहेको हाे। बैठकमा राजनीतिक दल, प्रहरी प्रशासन लगायतको सहभागिता रहेको छ। रौतहटमा भएको घटनालाई लिएर सोमबार हिन्दु समाजले वीरगञ्ज बन्द गराएपछि तनाव उत्पन्न भएको थियो।स्थिति तनावग्रस्त भएपछि सोमबार साझ पाँच बजेदेखि कर्फ्यु लगाएकोमा मंगलबार पनि कर्फ्यु जारी राखिएको छ। […]