कृषि औजार कारखानाको मर्मतसम्भार सुरु, एक वर्षमा १५ किसिमका औजार उत्पादन गर्ने

वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य सुरु गरिएको छ। दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत...

सम्बन्धित सामग्री

सञ्चालनको तयारीमै रोकियो कृषि औजार कारखाना

सरकारले करिब २५ करोड रुपैयाँ उपलब्ध नगराउँदा सञ्चालनको तयारीमा रहेको वीरगंज कृषि औजार कारखाना वीरगंजको काम रोकीएको छ । राष्ट्रिय आविष्कार केन्द्रले ठूलो स्केलमा उत्पादन क्षमता वृद्धि, द्रुत गतिमा उत्पादन गर्न आधुनिक प्रविधि भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउन आधुनिक मेसिन जडान गर्न सरकारसँग रकम माग गरेको थियो । केन्द्रले कारखाना सञ्चालन गर्न, पुरानो […]

कृषि औजार कारखाना : सरकारी सहयोगविनै ७० प्रतिशत मर्मत

काठमाडौं । सरकारको सहयोगविना पनि वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत ७० प्रतिशत सम्पन्न भएको छ । वर्षौंदेखि बन्द अवस्थामा रहेको कारखाना पुनः सञ्चालनका लागि सरकारले गत असोजमा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो । सरकारले पुनः सञ्चालनको जिम्मा दिए पनि हालसम्म त्यसका लागि आवश्यक स्रोत सुनिश्चित नगर्दा केन्द्रले आफ्नै स्रोतबाट कारखानामा रहेका करीब ७० प्रतिशत मेशिन, औजार मर्मतको काम सकेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूहरूले जिम्मा पाएको ६ महीना नबित्दै करीब ७० प्रतिशत मेशिन, औजार मर्मतसम्भारको काम सकिएको बताए । उनका अनुसार मर्मतसम्भारको काम पूर्णरूपमा सम्पन्न हुन अझै महीना दिनजति लाग्न सक्छ । करीब २५ प्रतिशत मेशिन मर्मत गर्न नसकिने अवस्थामा छन् । त्यसैले अब ५ प्रतिशत मेशिन मर्मत भएपछि अन्य काम शुरू हुने उनले बताए । ‘कारखाना सञ्चालनको काम पूर्णरूपमा अघि बढ्न करीब २० देखि २५ करोड रुपैयाँ आवश्यक पर्छ । तर, सरकारले हालसम्म एक पैसा पनि बजेट उपलब्ध गराएको छैन । हामीले औजार मर्मतको काम आविष्कार केन्द्रको खर्चमा गरिरहेका छौं,’ पुनले आर्थिक अभियानसँग भने, ‘कारखाना चलाउन बजेट चाहिन्छ तर अहिलेको राजनीतिक अवस्थाका कारण सरकारबाट तत्काल बजेट आउने सम्भावना देखिँदैन । त्यसैले हामीले आविष्कार केन्द्रको नाममा पोखरामा रहेको २८ रोपनी जग्गा बेचेर भए पनि बजेट जुटाउने प्रयास गरिरहेका छौं ।’ कृषि औजार कारखानामा अहिले ६५ केभीको विद्युत् लाइन जोडिएको छ । त्यतिले मात्र मेशिनहरू चलाउन समस्या भइरहेको पनि पुनले जानकारी दिए । अहिले कारखानामा ३ जना इन्जिनीयर, ४ जना सबओभरसियर र ४ जना प्राविधिक सहित ११ जनाको टोलीले विनातलब काम गरिरहेको छ । उक्त टोलीले अहिले केही कृषि औजारको परीक्षण पनि शुरू गरिसकेको छ । पुनका अनुसार कृषि कर्ममा प्रयोग गर्न सकिने हँसिया, कुटो, बेल्चा, बन्चरो, गैंचीलगायत औजारको परीक्षण उत्पादन शुरू भइसकेको छ । रूस सरकारको आर्थिक सहयोगमा २०२४ सालमा स्थापना भएको कृषि औजार कारखानाले त्यस बखत सयभन्दा बढी कृषि उपकरण उत्पादन गर्ने गर्थ्यो । पछि घाटामा गएको भन्दै नेपाल सरकारले २०५९ चैतमा कारखाना बन्द गरेको थियो । बन्द भएको २० वर्षपछि आविष्कार केन्द्रले यसको जिम्मा पाएसँगै कारखाना पुनः तंग्रिन खोजेको छ । यसअघि आविष्कार केन्द्रले रकम अभाव भएको भन्दै चाँडो रकम सुनिश्चित गरिदिन सरकारसँग आग्रह गरे पनि अहिलेसम्म सरकारले त्यसमा चासो दिएको देखिएको छैन । अर्थ मन्त्रालयले भने स्रोत सुनिश्चित नभएकाले नै अहिलेसम्म बजेटको व्यवस्था गर्न नसकिएको बताउँदै आएको छ ।

वीरगञ्ज कृषि औजार कारखानाका पुरानै मेसिनबाट बने साबेल, बञ्चरो, कुटो र कोदालो

२१ फागुन, काठमाडौं ।  पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले त्यहाँबाट कृषि औजार उत्पादन सुरु गरेका छन् । भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन भएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ । केही दिनदेखि नियमित गरिएको परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो, कोदालो जस्ता उपकरणहरु […]

लय पक्रिँदै कृषि औजार कारखाना

३० वर्षअघि बन्द वीरगन्जस्थित कृषि औजार कारखानामा अहिले रौनक फर्किएको छ । राष्ट्रिय आविष्कार केन्द्रले कारखानामा कृषि औजारको परीक्षण उत्पादन गर्न थालेपछि लामो समयदेखि बन्द कारखानाले नयाँ जीवन पाएको छ । बेल्चाको सफल परीक्षण उत्पादन गरिसकेको केन्द्रको वैज्ञानिक टोलीले अब कुटो, कोदालो, गैंटीलगायत कृषि औजार उत्पादन गर्न लागिपरेको छ ।

बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा ढिलाइ

काठमाडौं । अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ढिलाइ भएको छ । वर्षौंदेखि बन्द रहेको कारखाना मर्मतसम्भार तथा सञ्चालनका लागि अर्थ मन्त्रालयले दिने भनेको २१ करोड रुपैयाँ अझै निकासा भएको छैन । सरकारले गत असोजमा बन्द अवस्थामा रहेको कारखाना पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो । आविष्कार केन्द्रले जिम्मेवारी पाएसँगै कारखानामा रहेका उपकरणको अवस्थाबारे अध्ययन गर्न गठित प्राविधिक कार्यदलले त्यहाँ रहेका ५४ मध्ये ४३ ओटा मेशिन मर्मतपछि मात्रै कारखाना सञ्चालन गर्न सकिने प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको थियो । आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले समयमै बजेट निकासा नगर्दा कारखाना सञ्चालनमा ढिलाइ भइरहेको बताए । ‘लामो समयदेखि बन्द अवस्थामा रहेकाले कारखानाका अधिकांश मेशिन खिया लागेको अवस्थामा छन् । तिनको सरसफाइको काम सकिएसँगै केन्द्रले आफ्नै लगानीमा केही मेशिन औजार मर्मत गरी बुधवारदेखि परीक्षणका रूपमा काम शुरू गरिसकेको छ तर बजेट नहुँदा पूर्ण रूपमा काम अघि बढाउन ढिलाइ भएको छ,’ उनले आर्थिक अभियानसँग भने । सरकारले दिएपछि काम गरौंला भनेर पनि कति बस्ने भनेर आफ्नै लगानीमा केही मेशिन मर्मत गरिएको उनले बताए । नयाँ मेशिन किन्न सरकारले बजेट दिएपछि मात्रै सहज रूपले काम अघि बढ्ने उनले स्पष्ट पारे । आफूहरू काम गर्न आतुर भए पनि बजेटकै कारण अघि बढ्न नसकेको आविष्कार केन्द्रको भनाइ छ । अर्थ मन्त्रालयले भने स्रोत नजुटेका कारण रकम निकासामा ढिलाइ भएको बताएको छ । अर्थका सूचना अधिकारी कमलकुमार भट्टराईले स्रोत नजुटेका कारण रकम निकासामा ढिलाइ भएको र कहिलेसम्म बजेट निकासा हुन्छ भन्ने कुरा अनिश्चित रहेको जानकारी दिए । करीब ३ दशकदेखि बन्द अवस्थामा रहेको कारखाना आविष्कार केन्द्रले आगामी १० वर्षसम्मका लागि सञ्चालनको जिम्मा पाएको छ । सम्झौताअनुसार योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरणलगायत काम आविष्कार केन्द्रले गर्नेछ । साथै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालीमसमेत सञ्चालन गरेर जनशक्ति उत्पादन तथा विक्री गर्न पाउनेछ । औजार विक्रीबाट प्राप्त करपछिको रकमको ५० प्रतिशत आविष्कार केन्द्रले कोष खडा गरी जम्मा गर्नु पर्नेछ । बाँकी ५० प्रतिशत सरकारको खातामा जम्मा गर्नुपर्ने सम्झौता छ ।

धान दिवस र कृषि क्षेत्रको सुधार

राष्ट्रिय धान दिवस, कृषिप्रधान देश, तर कृषि उत्पादन निरन्तर घटेको छ । सरकारले आव २०७९/०८० को बजेटमा नारा लिएको छ, उत्पादनमा वृद्धि : मुलुकको विकास र समृद्धि । कृषि आधुनिकीकरणका लागि कृषि कार्यमा आवश्यक पर्ने यन्त्र, उपकरण वा पार्टपुर्जा उत्पादन गर्ने कृषि औजार कारखाना स्वदेशमै खोल्न प्रोत्साहन गर्न ६ वर्षसम्म आयकर पूर्ण रूपमा छुटको व्यवस्था […]

२७ वर्षअघि बन्द वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन कति सम्भव ?

पर्सा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेको धान कुट्ने थ्रेसर मेसिन कुनै बेला हेलिकप्टरबाट हुम्ला, जुम्लासम्म पुग्थ्यो । किसानलाई आवश्यक कुटो, कोदालोदेखि विद्युत् प्राधिकरणलाई आवश्यक पर्ने सामानसमेत यसै उद्योगबाट उत्पादन हुन्थ्यो ।तत्कालीन सोभियत संघ सरकारको आर्थिक सहयोगमा निर्माण भएर २०२४ साल फागुन २८ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको सो कारखाना करिब ३ दशक सञ्चालन भएर बन्द भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ चैत ४ गते उद्योगलाई निजीकरण गरेर व्यक्तिलाई सञ

खण्डहर बन्यो एकमात्र कृषि औजार कारखाना

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]