नारा सडक सुचारु

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६ सय मिटर अग्लो स्थान नारा लेकको सडक सुचारु भएको छ। निर्माण व्यवसायले जेसिबीबाट केही समय अगाडि परेको हिउँ पन्छाउने र भत्किएको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीका (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवका अनुसार डेढ महिनादेखि बन्द […]

सम्बन्धित सामग्री

हिल्सा–नारा सडक खुल्ने अनिश्चित

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको यारी नारा हुँँदै हिल्सा सडक अबरुद्ध हुँदै आएकोमा त्यो खुल्ने बिषय अनिश्चित भएको पाइएको छ। माघमा परेको हिमपात हालसम्म सरोकारवाला पक्षले पन्छाएर सडक सुचारु गर्ने कार्यमा ध्यान नदिएको कारण यो अवस्था आएको हो। नाम्खाका स्थानीय तन्जन लामाले गत माघदेखि यारी हिल्सा सडक अवरुद्ध हुँदै आएकोमा हालसम्म सञ्चालन […]

यारी नारा हुँदै हिल्साको सडक सुुचारु

सिमकोट – कर्णाली करिडोरअन्तर्गतको सिमकोट हिल्सा सडकखण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको हो। गाउँपालिकाले मेसिन (डोजर) लगाएर नारा लेकमा जमेको हिउ पन्छाएपछि यातायात सुचारु भएको हो। नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुुसार असोज १९ देखि २४ गतेसम्म नारा लेकमा परेर जमेकोे हिउँ डोजरले पन्छाएर यातायात सुचारु भएको छ। उक्त सडक तीन महिनापछि गाउँपालिकाको […]

नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटालेपछि स्थगित भएको मतदान पुन: शुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित तारबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुन: सुचारु भएको छ । एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि सुचारू भएको हो। नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि ‘नेकपा बहुमत, जिन्दावाद’ को नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले सर्वदलीय […]

६ वर्षमा पनि स्तरोन्नति भएन लामोसाँघु–जिरी सडक

दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरू नगरी माटो हालेर मात्र छाडिएको छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । २०७२ मा देवी खड्का राज्यमन्त्री भएको बेला भएको ठेक्का सम्झौताअनुसार लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि चरीकोटसम्मको सडक खण्ड चौडा गरी कालोपत्र गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार हालसम्म पनि काम पूरा हुन सकेको छैन । सडकको अवस्थामा कुनै परिवर्तन नभएपछि स्थानीयवासीले बाध्य भएर पटक–पटक आन्दोलन समेत गर्दै आएको छ । खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि मुडेबाट चरीकोटसम्म २७ किलोमिटर सडक भने हालसम्म कालोपत्र हुन सकेको छैन । मेडबाट चरीकोटसम्म आवतजावत गर्न दुई घण्टा लाग्ने र बीचबीचमा खाल्टो भएकाले दुर्घटनाको जोखिम बढ्नुका साथै गाडीसमेत बिग्रने गरेको व्यवसायी बताउँछन् । जीर्ण सडकका कारण स्थानीयवासीले वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । काम शुरू हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन भने सडक वरिपरिका घरटहरा धुलाम्मे हुने गरेको स्थानीयवासी बताउँछन् । दोलखा नागरिक समाजका अध्यक्ष चिरञ्जीवी मास्कले भने, ‘यस्तै हुने हो भने आगामी दिनमा जिल्लाका जनप्रतिनिधिलाई जिल्ला प्रवेशमा रोक लगाउन बाध्य हुनेछाैं ।’ सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । संघीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दाको गुनासो छ । लामो समयदेखि ठेक्का लागेर पनि सडक मर्मत सुधार सम्पन्न नगर्नेलाई कारबाही गरियोस् भन्दै स्थानीयवासीले सदरमुकाम चरिकोटमा नारा जुलुस लगाउँदै बजार परिक्रमा गरेका थिए । आगमी एक हप्ताभित्र सडक मर्मत सुधारको काम अगाडि नबढाएमा थप विरोधका कार्यक्रम गर्नेसमेत चेतावनी समेत दिएका थिए । सडक मर्मत सुधारको काम सुचारु नभएसम्म मुडेमै बसी आन्दोलन गर्नेसमेत अध्यक्ष मास्केले बताए । यसअधिको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला डिभिजन सडक कार्यालय आयोेजनाको कार्यालयमा धर्ना दिने काम यसअघि नै भइसकेको अध्यक्ष मास्केले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परिसरमा धर्ना दिने कार्यक्रम तय भएको उनले जानकारी दिए । कार्यक्रमलाई अझै सशक्त र धनीभूत बनाउन ५०१ सदस्यीय सडक संघर्षसमिति गठन गरेको र आगामी दिनमा प्रभावित क्षेत्रका नागरिकलाई यसमा समावेश गर्दै आन्दोलनका सशक्त कार्यक्रम बढाउने उनले जानकारी दिए । भीमेश्वर नगरपालिका–९, ८, ७, ६ र ३ वडामा वडास्तरीय संघर्ष समिति गठन गर्ने अध्यक्ष मास्केले बताए । पटक–पटक भएको सम्झौतालाई बेवास्ता गरेकाले सरकारी गाडीलाई समेत जिल्ला प्रवेशमा रोक लगाउने कार्यक्रम तय भएको उनले जानकारी दिए । २०७२ को मङ्सिरमा दुई वर्षमा काम सक्नेगरी शंकर मालीजेभीले सम्झौता गरेको २७ किलोमिटर सडक मर्मत सुधारको काम हालसम्म पनि समपन्न हुन नसक्दा नागरिक समाजले आन्दोलन गर्न बाध्य भएको बताइएको छ । रासस

‘न्याय रोक्न पाइँदैन’ भन्दै युवाहरुको विरोध जुलुस (तस्बिरहरु)

काठमाडौँ- न्यायपालिकामा लगातार भइरहेको अवरोधप्रति विरोध जनाउँदै हन्ड्रेड्स ग्रुपका नाममा केही युवाहरुले राजधानीमा शनिबार पनि प्रदर्शन गरेका छन्। कानुन व्यवसायीहरुले लगातार गरिरहेको अवरोधप्रति कटाक्ष गर्दै उक्त ग्रुपका युवाहरुले तत्काल सर्वोच्च अदालत सुचारु गर्न माग गरेका छन्। उनीहरुले ज्याकेटमा ‘हाम्रो पेशी कहिले श्रीमान्’लगायतका नारा लेखेर राजधानीको अनामनगरदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गरेका थिए। देशसञ्चारकी फोटो पत्रकार […]

हिल्सा र लिमीको इन्टरनेट सुचारु

सिमकोट – नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ को लिमीमा वर्ल्डलिंक सेवा सुचारु भएको छ। नारा लेकमा रहेको टावरमा हिमपातले अवरुद्ध गरेको बेला त्यसको मर्मत भएपछि दुवै स्थानमा इन्टरनेट सेवा सुचारु भएको हो। हिल्साका स्थानीय सुनामबुटी लामाले अवरुद्ध भएको दुई हप्तापछि इन्टरनेट सेवा सुचारु भएको जानकारी दिए। यो अवधिमा सञ्चार सम्पर्कविहीन भएको बेला […]

कहाँ पुगेर टुंगिएला संसदमा एमालेको अवरोध ?

गएको भदौ २३ गतेदेखि प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको छ । भदौ २३ पछिका ९ दिनमा बसेका दर्जन बढी बैठकमा उस्तै दृष्य देखियो– एमाले सांसदले ‘संसदीय मर्यादा कायम गर’ भनेर नारा लगाउने र सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्नुस् भनेर आग्रह गर्ने । तर, एकले अर्काको कुरा सुन्दै नसुन्ने ।  अवरुद्ध संसद् सुचारु गर्न भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक आह्वान गरे । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भ...

एमालेको नाराबाजीपछि ५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरू ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै संसद्को वेलमा आएका थिए ।  सभामुख सापकोटाले प्रतिनिधि सभामा भइरहेको नियमित अवरोधले संसद्ले गर्नुपर्ने नियमित काम प्रभावित भएको भन्दै बैठक सुचारु गर्न आग्रह गरे । ‘आफ्नो कुरा राखेर बैठक सञ्चालनमा आवश्यक सहयोगका लागि अ...

सभामुखले एमाले सांसदलाई स्मरण गराए संविधानको धारा १ सय ५

आफ्नो ड्यास अगाडि आएर नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गरेका छन् । उनले अदालतमा विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नमिल्ने भन्दै सो धाराको प्रावधानलाई बुझेर सदन सुचारु गर्न आग्रह गरेका छन् ।उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ को नियम पालना गर्न पनि आग्रह गरेका छन् ।  सभामुखको कुरा नसुनी एमाले सांसद सभामुख सापकोटाको ड्यास अगाडि उभिएर पार्टी फुटाउन बन्द गर, संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेका छन् ।