कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्। महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन। ‘नहर निकुञ्ज क्षेत्रको झण्डै चार किलोमिटर क्षेत्र भएर गएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा मगरले भने, ‘तीन तीन सय मिटरको दूरी