कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुलाई मुआब्जा सिफारिस गर्ने कार्यदलको संयोजकमा दल बहादुर बोहरा नियुक्त भएका छन्।मन्त्रिपरिषद्को असार २१ गतेको निर्णयअनुसार बोहरालाई कार्यदलको संयोजकमा नियुक्त गरिएको हो। निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे अध्ययन गरी पुनः स्थापनाका लागि मुआब्जा सिफारिस गर्न कार्यदल गठन भएकाे हाे। कार्यदलको अवधि छ महिना तोकिएको छ।निकुञ्जसँग निकट रहेर बोहराले लामो समयसम्म कार्य गरेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रको त्रिशक्ति उपभोक्ता समितिमा