कञ्चनपुर - महेन्द्रनगरमा रहेकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा पाटेबाघ रहेका छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गेको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताउनुभयो ...