कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा आजदेखि जलपंक्षी गणनाको कार्य सुरु गरिएको छ। निकुञ्ज भित्रका र बाह्य क्षेत्रका ताल तलैया नदीहरूमा जलपंक्षी गणनाको कार्य सुरु गरिएको हो।आजदेखि सुरु गरिएको जलपंक्षी गणनाको कार्य माघ २ गते सम्म जारी रहने छ। जलपंक्षी गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पंछी संरक्षण संघका विज्ञहरू, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एसोसिएसनका प्रतिनिधि लगायतको सहभागिता रहेको छ।जलपंक्षी गणनाको कार्यमा संलग्नहरूले वाइनाकुलर, टेलिस्कोप, क्यामेरा लगाय