काठमाडौं : माओवादीले गरेको १० वर्षे जनयुद्धको आधारभूमि रुकुममाथि राज्यले अझै उपेक्षा गरिरहेको भन्दै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्। आइतबार सदनमा सांसद कुसुमदेवी थापाले देशको अवस्था सुधार भए पनि रुकुम पूर्वको अवस्था ज्यूका त्युँ रहेको भन्दै उपेक्षा कहिलेसम्म भन्ने प्रश्न गरिन्। साथै तत्कालीन समयमा त्यहाँको नेपाल बैंकमा सुरक्षाका लागि राखिएको सुन जनताले फिर्ता नपाएको भन्दै सांसद थापाले सहिद घोषणा गरिएकाहरूका परिवारले राहत नपाएको प्रश्न प्रधानमन्त्रीलाई स