बारा-३ मा एमालेकी ज्वाला साहको अग्रता, जसपाका यादवले पछ्याउँदै

वीरगञ्ज- प्रतिनिधिसभाको बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी ज्वाला साहले अग्रता कायम राखेकी छन्। उनलाई जसपाका रामबाबु यादवले पछ्याउँदै छन्। साहले ३०४० मत ल्याएकी छन्। जसपाका यादवले २८१३ मत प्राप्त गरेका छन्। लोसपाका लालबाबु सिंहले १५४६ मतका साथ तेस्रो स्थानमा छन्।

सम्बन्धित सामग्री

सिरहा–४ मा विरेन्द्र महतो १८४२ मतले अगाडि, पछ्याउँदै धर्मनाथ साह

काठमाडौं, ७ मंसिर । सिरहा–४ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । कर्जन्हा नगरपालिकाको मतगणना सकिएर मिर्चैया नगरपालिकामा मतगणना भैरहेको छ । मिर्चैया नगरपालिकाका वडा नम्बर १ र २ मा गणना सम्पन्न हुँदा जसपाका डा. विरेन्द्र प्रसाद महतो ६८७८ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई नेकपा (एकीकृत समाजवादी) का धर्मनाथ प्रसाद साहले पछ्याएका छन् । साहले […]

ओखलढुंगामा रामहरिको अग्रता कायमै, पछ्याउँदै सुनुवार

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्। बिहान ११ : ५० बजेको मत परिणामअनुसार खतिवडाले पाँच हजार ७३ मत पाएका छन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले चार हजार चार सय ४८ मत ल्याएर पछ्याउँदै छ। उनीभन्दा पाँच सय ८८ मतले खतिवडा अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले  एक सय १४ मत पाएका छन्।मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवार बीर्ज बहादुर थापामगरले ३२,जसपाका उम्मेदवार जुद्ध बहादुर राईल

पर्सा- १ मा प्रदीप अगाडि, स्वतन्त्रले पछ्याउँदै

वीरगञ्ज-पर्सा क्षेत्र नम्बर १ मा जसपाले अग्रता कायम राखेको छ। जारी मतगणना अनुसार एमाले-जसपा गठबन्धनका उमेदवार जसपाका नेता प्रदीप यादवले ५ हजार ९८० मत प्राप्त गरेका छन्। यादवलाई स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले ४५०२ मतका साथ पछ्याउँदै छन्। यादव द्विबेदीभन्दा १ हजार ४७८ मतले अघि छन्। यस्तै, यो क्षेत्रमा पाँचदलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले २८९ मत […]

बारा–३ मा झिनो मतले एमाले अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज–  प्रतिनिधि सभाको बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार ज्वाला साह झिनो मतान्तरले अगाडि छिन् । उनी आफ्ना निकतटम प्रतिस्पर्धी जसपाका रामबाबु यादवसित २ मतान्तरले अगाडि छन् । एमालेकी साहले ५३६ मत ल्याउँदा जसपाका यादवले ५३४ मत ल्याएका छन् । पाँचदलीय गठबनन्धनका उम्मेदवार लोसपाका लालबाबु सिंहले २३० मत प्राप्त गरेका छन्।

पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस अगाडि, जसपाले पछ्याउँदै

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका अज्य चौरसियाले ६७६ मत ल्याएर अगाडि छन्। उनलाई एमाले जसपा गठबन्धनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीले ४९६ मतका साथ पछ्याउँदै छन्। रास्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले ४२ मत पाएका छन्।

पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेस अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ को क मा पाँचदलीय गठबन्धनका उम्मेद्बार नेपाली कांग्रेसका श्याम पटेलले अग्रता बनाएका हुन् । हालसम्म १३ सय ३३ मतगणना हुँदा पटेलले ६१६ मत ल्याएर अग्रता बनाएका हुन्। उनलाई एमाले जसपाका उम्मेद्बार रामनरेश यादवले ४७६ मतका साथ पछ्याउँदै छन् […]

सप्तरी २ : लोसपाका ठाकुरले लिए अग्रता, पछ्याउँदै उपेन्द्र यादव

लोसपाका जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत पाएका छन् ।

महोत्तरीको गौशालामा जसपाको अग्रता कायमै, माओवादी पछ्याउँदै

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकामा सुरुवाती अग्रता लिएको जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ। गौशाला १ मा २ हजार १९० मतको गणना हुँदा जसपाका दिपेन्द्र महतो ५६८ मतसहित पहिलो स्थानमा छन्। उनलाई पछ्याउँदै गरेका माओवादी केन्द्रका विष्णु बहादुर योन्जनले ४६३ मत ल्याएका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतो कोइरीले ३३८, नेकपा एमालेका अजय […]

गोरखाको पालुङटारमा जसपाका प्रेम गुरुङको अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौं, ३१ बैशाख । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्धवार प्रेम गुरुङले अग्रता लिएका छन् । ८ सय २ मत गणना सम्पन्न हुँदा जसपाका मेयरका उम्मेदवार गुरुङले २ सय ९१ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका दिपकबाबु कँडेलले २ सय १२ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र) मेयरका उम्मेदवार विवश चिन्तनले १ […]