तस्वीर : नेपाली सेनालाई अमेरिकाद्वारा हस्तान्तरण गरिएको रेस्कु वोटहरु

अमेरिकी राजदूतावासका ओडीसी अफिस अफ डिफेन्स कोअपरेसनका चिफ मेजर माइकल पे ह्वाइटद्वारा नेपाली सेनाको श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई एक कार्यक्रमबीच सहयोग स्वरुप चार ओटा रेस्कु वोट हस्तान्तरण गरे ।  बाढी/ डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्वार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ । तस्वीर : रासस   

सम्बन्धित सामग्री

अमेरिकाद्वारा १ लाख बढी कोभिडविरुद्धको फाइजर खोप प्रदान

अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरे । अनुदान सहायता स्वरुप युनिसेफमार्फत् खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त […]

अमेरिकाद्वारा नेपाललाई एक लाख बढी फाइजर खोप प्रदान

काठमाडौं : अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेकी हुन्।अनुदान सहायतास्वरूप युनिसेफमार्फत् खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ।कार्यक्रममा बोल्दै निर्देशक केभान्श

अमेरिकाद्वारा नेपाललाई १ लाख ६२० मात्रा खोप सहयोग, थप सहयोगको प्रतिबद्धता

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराएको छ । गत असारमा गरिएको १५ लाख मात्राको जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फेरि फाइजरको खोप उपलब्ध गराएको हो ।  सोमबार एक विज्ञप्तिमार्फत नेपालस्थित अमेरिकी दूतावासले खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरुप अमेरिकाले खोप निःशुल्क र पूर्वशर्तबिना अनुदानमा प्रदान गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेप

अमेरिकाद्वारा नेपाललाई अक्सिजन प्लान्ट सहयोग

काठमाडौं (अस) । कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सघाउन अमेरिकाले नेपाललाई दुईओटा तरल अक्सिजन प्लान्ट प्रदान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्साडका साथ मंगलवार काठमाडौंको वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई उक्त अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् । यी तरल अक्सिजन प्रणाली उक्त अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन्, जसबाट अक्सिजनको नियमित आपूर्ति गर्न सकिने वा प्रतिघण्टा ४० लिटर क्षमताका ४० ओटा सिलिन्डर भर्न सकिने बताइएको छ । यूएसएआईडीको सहयोगमा थप चारओटा तरल अक्सिजन ट्यांक देशभरका विभिन्न अस्पतालमा जडान गर्न लागिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मंगलवार नै अमेरिकाले नेपाललाई यूएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलरको अत्यन्त जरुरी कोभिड–१९ सहायता प्रदान गर्ने घोषणा गरेको छ । उक्त सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीमा टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्ने बताइएको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका लागि स्वास्थ्यकर्मीको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत पुर्‍याउने जारी विज्ञप्तिमा उल्लेख छ । अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रको उपस्थिति थियो ।

अमेरिकाद्वारा नेपाललाई एक हजार सिलिन्डर अक्सिजन हस्तान्तरण

काठमाडौं। अमेरिकाले आज नेपाललाई कोरोना भाइरल विरुद्ध लड्न एक हजार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले आज ती सिलिन्डर स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकाले नेपाललाई सहयोगस्वरुप तीनवटा जहाजमा स्वास्थ्यसामाग्री पठाएको छ, जसमध्ये दुई जहाज नेपाल आइपुगिसकेको छ।

अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : अमेरिकाले सहयोग गरेको स्वास्थ्य सामग्रीसहितको कार्गो विमान आज नेपाल आइपुगेको छ। तीनमध्ये पहिलो कार्गो विमान नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य कार्गो विमान दुई दिन भित्रमा आउने बताइएको छ। अमेरिकी दूतावास तथा यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई आज दिउँसो सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेका…

नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय […]

पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं : नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। वासिङटनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा फेडरल ब्युरो अफ इन्भेस्टिगेशनका सहायक निर्देशक टिमोटी एम डनह्यामले ललितपुरबाट चोरी भइ अमेरिका पुगेको मूर्ति राजदूत युवराज खतिवडालाई हस्तान्तरण गरेकका हुन्। उक्त मूर्ति सन्…

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो ।   अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको उक्त मूर्ति नेपाललाई हस्तान्तरण गर्न पाएकामा अमेरिकाले प्रसन्नता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को मापदण्डअनुरुप नेपालको उपयुक्त स्थानमा स्थापना गर्न उक्त मूर्ति नेपाल पठाइने दूतावासले जनाएको छ ।

अमेरिकाद्वारा दुई माविका भवन हस्तान्तरण

अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) का नेपाल निर्देशक सेपिडे केभान्साडसँगै शुक्रबार काठमाडौंमा दुई ओटा माध्यमिक विद्यालयका पुनर्निर्मित भवन हस्तान्तरण गरेका छन् ।