एजेन्सी। राफेल नाडालले ग्रिसका स्टेफानो सिसिपसलाई तीन सेटमा नतिजा निकाल्दै १२औं पटक बार्सिलोना ओपनको उपाधि जितेका छन्। ३५ वर्षे नाडालले पाँचौ वरियाताका सिसिपसलाई ६–४, ६–७ (६÷८) र ७–५ को सेटमा हराए। नाडालले खेल जित्न तीन घण्टा ३८ मिनेटको समय लगाए। ‘यहाँ उपाधि जित्नु विशेष हुन्छ,’ नाडालले भने, ‘मेरो स्तरमा सुधार आएको छ। त्यसकारण यो उपाधि महत्वपूर्ण छ।’