तीनवटा विश्वकप जितेका र खेलकुदको पहिलो विश्वव्यापी आइकन बनेका ब्राजिलका महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ । अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरेका विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी पेलेले अन्तत यो संघर्ष हारेका छन् । उनकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा एक पोस्टमा लेखेकी छिन् – ‘हामी तपाईंलाई असीम माया गर्छौं। आत्माले शान्ति […]