काठमाडौं। महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचारका ाक्रममा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हो। पेलेले १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो।