काठमाडौँ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बुधबार अन्तिम मत परिणाम सार्वजनिक गरेको हो।
निर्वाचन सम्पन्न भएको करिव ३ सातापछि आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो।