नेकपा एमालेका सांसदहरू लालबाबु पण्डित, तुलसी थापा र गंगा चौधरी लगायत संसदीय दलको बैठकका लागि बालुवाटार पुगेका छन् ।
यसअघि कतै पनि सहभागी नभएका लालबाबु पण्डित संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएका हुन् ।
वामदेव गौतमकी पत्नी कुमारी तुलसी थापा तथा यसअघि माधवकुमार नेपाल समूहमा रहेकी गंगा चौधरी सत्गौवा पनि बैठकमा उपस्थित भएकी छन् ।
संसदीय दलको बैठक केहीबेरमा बालुवाटारमा शुरू हुँदैछ । बैठकमा सहभागी हुनका लागि सूर्य चुनाव चिह्नबाट लडेका सबैलाई अनिवार्य उपस्थितिको ...