काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन् । उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट पण्डितले उम्मेदवारी दिन सक्ने अर्थका रूपमा हेरेका छन् ।पूर्वमन्त्री पण्डित भने आफैँ त्यसबारेमा अहिले नै प्रष्ट मुख खोल्न चाहँदैनन् । तर, पार्टीले आवश्यक ठाने पछाडि नहट्ने उनको आशय बुझिन्छ ।विशेष अवस्थामा प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय