बेलहिया : लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा बल्झिरहेका छन्। लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पीडितलाई न्याय नै महत्वपूर्ण हुनेमा जोड दिएका छन्।…