सुदूरपश्चिममा मदन भण्डारी राजमार्गको काम सुरु भएन

डडेल्धुरा।  राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको सुदूरपश्चिम खण्डमा सडक निर्माण कार्य हुन सकेको छैन । झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेल्धुराको रूपाल पुग्ने करिब एक हजार तीन सय ५२ किलोमिटर राजमार्गको सुदूरपश्चिम खण्डमा हालसम्म काम सुरु नभएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका डिभिजन प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुभयो । उहाँले चालू […]

सम्बन्धित सामग्री

मदन भण्डारी राजमार्ग : स्तरोन्नति र कालोपत्रे धमाधम

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ। धुलियाबिट–भेडाबारी सडकखण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ। राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडक निर्माणको काम भइरहेको हो। सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ। तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ। बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको छ।

गाईघाट बजार क्षेत्रका सडकहरु कालोपत्रे हुँदै

राष्ट्रिय महत्त्वको मदन भण्डारी लोक मार्गसँग जोडिएका त्रियुगा नगरपालिका ११ अन्तर्गत बजार क्षेत्रका विभिन्न शाखा सडकहरु आउँदो असारभित्र कालोपत्रे गर्ने गरी धमाधम काम सुरु भएको हाे।...

गुल्मीमा सडक मापदण्डले सयौँ घर जोखिममा

गुल्मी जिल्लाका दुई खण्डमा मदनभण्डारी राजमार्ग निर्माणको काम सुरु भएको छ। पूर्वमा रुरु क्षेत्र गाउँपालिका–१ को रिडीदेखि तम्घास हुँदै पश्चिममा मदाने गाउँपालिका–६ को सौतामारेसम्म मदनभण्डारी राजमार्ग पर्छ।  नेपालकै महत्वपूर्ण सडक गुल्मी...

सुर्खेत बड्डीचौर–बेनीघाट सडक ३ दशकपछि कालोपत्रे हुँदै

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बिहीबार कालोपत्रे योजना शिलान्यास गरेका हुन् ।पहिलो चरणमा बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे हुने छ । झण्डै तीन दशक अघि निर्माण सुरु भएको यो सडक वर्षौँदेखि स्तरोन्नति हुन नसकेर जीर्ण अवस्थामा थियो ।मन्त्री बिसीले पहिलो खण्ड बड्डीचौरबाट डोजर चलाएर का

मदन भण्डारी विश्वविद्यालय खोल्ने कानुनी आधार तयार, कुलपति र उपकुलपति नरहने

विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यलाय मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खुल्न कानुनी आधार तय भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ सर्वसम्मतिले पारित भएपछि सो विश्वविद्यालय खुल्ने कानुनी प्रक्रिया अघि बढेको छ ।सूचना र प्रविधिका क्षेत्रमा विदेशबाट समेत अनुसन्धानकर्मी र विद्यार्थी ल्याउने लक्ष्य लिएको सो विश्वस्तरको विश्वविद्यालय मकवानपुरको चित्लाङ र काभ्रेको पाँचखालमा सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास भइसकेको छ । विधेयकमाथि शिक्षा तथा स्वास्थ्य समितिबाट दफाबार छलफलसहितको प्रतिवेदन पेस र थप छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो । विधेयक पारितका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री पौडेलले यो विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको र यो विश्वविद्यालय राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा स्वीकृत भएको र यसका लागि एक हजार दुई सय रोपनी जग्गा प्रबन्ध भइसकेको बताए ।मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले सो विश्वविद्यालय खुल्न लागेको हो । अघिल्लो सरकारले आर्थिक वर्ष २०७६÷७७ मा विज्ञान तथा प्रविधिको विकासबिना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव नहुने भएकाले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टीकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने कार्यक्रम ल्याएको थियो । उक्त आर्थिक वर्षको बजेटमा यसको पूर्वाधारका लागि एक अर्ब १० करोड बजेट व्यवस्था भएको थियो भने विभिन्न चरणमा गरेर विश्वविद्यालयका लागि रु ४३ अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त विधेयकको मस्यौदा तयारी हुँदा शिक्षामन्त्री रहनुभएका गिरिराजमणि पोखरेलले चित्लाङमा विश्वका विज्ञहरू आएर जैविक कृषिको अनुसन्धान र पाठ्यक्रम निर्माण लगायतका काम सुरु भइसकेको स्थितिमा विधेयक पारित हुनु सकारात्मक भएको बताए। सो विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी हुने लक्ष्य राखिएको छ । विश्वविद्यालयमा विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिकशास्त्र, व्यस्थापन, कानुन र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथकरुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति रहने छैनन् । यस व्यवस्थाले विश्वविद्यालयमा दलीय हस्तक्षेप हुन सक्नेछैन । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण (२०७६ असोज २५ र २६) का अवसरमा नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदन भण्डारीका नाममा स्थापित हुने सो विश्वविद्यालय निर्माणका सहकार्यमा विषयमा समेत छलफल भएको थियो । सो विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा राजेन्द्रध्वज जोशीले चिनियाँ पक्षले अध्ययन गरिरहेको र सहयोगमा सकारात्मक सङ्केत गरेकाले आफूहरु सम्झौता हुनेमा आशावादी रहेको जनाएका थिए। मन्त्रिपरिषद्को निर्णयबाट २०७५ माघ २१ गते गठित पूर्वाधार विकास समितिले ललितपुरको सैँबुमा सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको छ । समितिले विश्वविद्यालयका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गरिसकेको छ । सरकारले मदन भण्डारीका नाममा बेग्लै प्रौद्योगिक विश्वविद्यालय ल्याउने नीति पनि लिएको छ ।

धुलियाबिट–बोटेचौर सडक खण्ड स्तरोन्नति हुने

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्डको स्तरोन्नति कार्य एक महिनाभित्र सुरु हुने भएको छ । तिहारलगत्तै उक्त खण्डको सडक स्तरोन्नति गर्ने आयोजनाले जनाएको हो ।“ठेक्का प्रक्रिया टुंगिएको छ,” मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले भने, “तिहारलगत्तै स्तरोन्नतिको काम सुरु हुन्छ ।” कालिका केएसजेभीले यो राजमार्गअन्तर्गत धुलियाबिट–बोटेचौर खण्डमा स्तरोन्नति गर्ने जिम्मा पाएको छ […]

मदन भण्डारी राजमार्ग : आधा काम, आधा अलपत्र

सरकारले महत्त्वाकाङ्क्षी योजनाको रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुरु भएको छ । तर सुनसरी, मोरङ र झापाको अन्तिम बिन्दुबाट काम सुरु भए पनि बीचको रुटमा भने राजमार्ग निर्माणको काम अलपत्र परेको छ ।सुनसरीको धरानको सदुखोलादेखि झापाकोको मेचीडाँगी चोकसम्मको कुल १३० किलोमिटर दुरी छ । जसमा ७३ किलोमिटर सडक मात्र ठेक्का लागेर चालु आर्थिक वर्षबाट निर्माणको काम सुरु भएको छ ।मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले धरानको सदु खोलादेखि झापाको रतुवाखोला र शान्तिनगरदेखि अ

मदन भण्डारी चुरे राजमार्गका खोलाहरूमा पुल निर्माण थालिँदै

झापाको बेलडाँगीबाट इलाम चुलाचुली जोड्ने रतुवा खोला, इलाम चुलाचुलीको बुकुवा र विधुवा खोलामा पुल निर्माणको ठेक्का सम्झौता भइ निर्माणको काम सुरु भएको छ ।

पश्चिम सुर्खेतमा राजमार्गको काम सुरु

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई खण्डको काम अघि बढाइएको छ। ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको हो। सम्झौताअनुसारकै समयावधिमा निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको हो।