कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्नु नदिन सरकार संवेदनशील रहेको पटक&n