नरेन्द्र बस्नेतगैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्क बापत आइसीसीलाई दिन बाँकी रकम बुझाएको छ । बेलायतका कुल ११ हजार तीन सय ६३ सदस्यहरूका लागि ५ डलरका दरले जम्मा ५६ हजार ८ सय १५ डलर बुझाउन यस अघि नै आइसीसीले ‘इन्भोइस’ पठाएको भएपनि रकम बुझाउन आलटाल गरिएको थियो । अन्ततः आइसीसीबाट एनसीसी यूकेले लिनुपर्ने १० हजार डलर कटाएर बाँकी रकम पठाइएको छ। आइसीसीको खातामा ४६ हजार ८ सय १५ डलर (३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स ) जम्मा गराइएको एनआरएन युकेका कोषाध्यक्ष विष्णु खरेलले