नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए । मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ स