मोरङ : मोरङ निर्वाचन क्षेत्र नं. ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन्। उनले ६ हजार १४९ मत अन्तरले एमालेका विनोदकुमार ढकाललाई पछि पार्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।मोदीले ३० हजार ६१२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका छन्।दोस्रो संविधानसभामा समानुपातिक सांसद भएर संसदीय यात्रा सुरू गरेका मोदीले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका थिए। उनले यसपटक लोकतान्त्रिक वाम गठबन्धनका कांग्रेसको