मोरङ - मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिसपर्धी नेकपा (एमाले) का जीवन घिमिरेले नौ हजार छ सय ९१ मत प्राप्त गर्नु भएको छ।