नेकपा एकीकृत समाजवादीको बुटवलमा सम्पन्न बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी बनाएको छ ।
प्रदेश कमिटीको प्रथम बैठकबाट दाङका चौधरी अध्यक्ष, रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहने गरी प्रदेश कमिटी बनाएको सचिव राजु गुरुङले जानकारी दिए ।
उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि पूर्णता दिइने छ ।
भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लामा भेला र बैठकहरू गर्ने निर्णय गरेको छ ।
बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षले जिल्लाको संगठनको अवस्थाबारे ब्रिफ...