काठमाडौं । कुमार पन्त नेतृत्वको कार्यसमितिलाई निष्क्रिय तुल्याउने र निर्वाचन आयोजना गर्ने जिम्मा संरक्षक समितिलार्ई प्रदान गर्ने परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अदालतमा रिट दायर गरेको छ । उच्च अदालत पाटनमा उत्प्रेषणको आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध मुद्दा दायर गरिएको जानकारी अध्यक्ष कुमार पन्तले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सरकार […]