कमल थापाको युवा संगठनका अध्यक्ष कटवाल लिङ्देनको राप्रपामा प्रवेश

कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन् ।  राप्रपा नेपालका केन्द्रीय सदस्य र कार्यसम्पादन समितिका सदस्य समेत रहेका कटवाललाई शनिबार राप्रपा

सम्बन्धित सामग्री

राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आजपा प्रवेश

काठमाडौं, २८ माघ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आम जनता पार्टीमा प्रवेश गरेका छन् । आजपाका अध्यक्ष प्रभु साहले गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् । उनीसँगै युवा नेता निरज गुप्तापनि आजपामा प्रवेश गरेको जनाईएको छ । अध्यक्ष साहले नवप्रवेशीहरुलाई पार्टीमा गोलबद्ध भएकोमा बधाई दिँदै उज्जवल राजनीतिक भविष्यको […]

कैलाशले पाए राप्रपा युवा मोर्चाको जिम्मेवारी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको केन्द्रीय अध्यक्षमा कैलाश कट्वाल मनोनित हुनु भएको छ । उहाँलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमकाबीच मोर्चाको अध्यक्षमा मनोनित गरेको घोषणा गर्नुभयो । राप्रपा नेपालबाट राप्रपामा प्रवेश गर्नु भएका कट्वाल यस अघि राप्रपा नेपालको युवा संगठनकोसमेत केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । युवा परिचालनमा दख्खल […]

राप्रपा युवा मोर्चाका केन्द्रीय अध्यक्ष पाण्डेसहित १७५ जना एमालेमा प्रवेश

काठमाडौं । चुनावको मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष एवं टोखा नगरपालिकाका राप्रपाका मेयरका उम्मेदवार सुरज पाण्डे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बिहीबार काठमाडौं क्षेत्र नम्बर ५ को अन्तिम चुनावी सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले युवा मोर्चाका अध्यक्ष पाण्डेलाई एमालेमा प्रवेश गराउनुभएको हो । कार्यक्रममा पाण्डे र राप्रपाका बागमती […]

युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

गलकोट – युवा संघ गलकोट नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। योङ कम्युनिष्ट लिग नेपाल (बाइसीयल) गलकोटले आइतबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका […]

युवा संघका १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोट, बगलुङका नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे । प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक,

तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष सिंह जनमत पार्टीमा प्रवेश

९ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन् । बिहीबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आयोजित कार्यक्रममा सिंहसहितका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमतमा प्रवेश गर्ने सिंह तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष पनि हुन् । ३० वैशाखको स्थानीय तहको चुनावमा उनी पुनः लोसपाबाटै अध्यक्ष […]

एमाले गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश

काठमाडौं : नेकपा (एमाले) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्। क्षेत्रीलाई सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन्।क्षेत्री एमाले छाडेपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारीमा थिए। तर‚ कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सा

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरूले पार्टी प्रवेश गराएका हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु […]

दाङका दुई दर्जन युवा राजमाेमा प्रवेश

दिनेश रैदास, दाङ । अखिल नेपाल युवक संघ घोराहीनगर समितिको आयोजनामा भएको एक कार्यक्रममा युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । आज सम्मपन्न पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्ने सुशील हमाल,भुवन खड्का, अर्जुन राणा, आशिष देवकोटा, गोपाल पौडेल, शाहस घर्ती, पोषण केसी, मुकेश वली, रबि वली ,बादल केसी , अनुस केसी , मनिराम पुन, विवेक थापा, वीरबहादुर पुन मगर, अखिल क्षेत्री, प्रकाश जङ्ग ठकुरी, गिरबहादुर घर्ती, आकाश घर्ती,महेन्द्र दमाई, कविर राणा, रवि डाँगी, भीम भण्डारी लगायत युवा नेताहरु रहनुभएको छ । उहाँहरुलाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले सदस्य प्रदान गर्दै गणतन्त्रवादी धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षाका लागि युवाहरुलाई संघर्षमा आउन आह्वान गर्नुभएको थियो। त्यस्तै,जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएमले देशलाई जोगाउनकोलागि देश विकास गर्नकोलागि युवाहरु सचेत भई एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई अखिल (छैठौं)पूर्व राष्ट्रिय परिषद सदस्य रेशम वली, अखिल नेपाल युवक संघ दाङ जिल्ला सदस्य दीपक आरसी, अखिल (छैठौ) जिल्ला सचिव लक्ष्मण विश्वकर्मा, सञ्जय वली, प्रकाश जङ्ग ठकुरी लगायतले सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल युवक संघ घोराही नगर समिती अध्यक्ष डोर बहादुर केसीको अध्यक्षता,युवक संघका सदस्य सुमन घर्तीको स्वागत मन्तव्य तथा सञ्चालक अखिल (छैठौं) का जिल्ला सदस्य दिनेश रैदासले गर्नुभएको थियो।

कांग्रेसका युवा नेता राजमोमा प्रवेश

दिनेश रैदाश, दाङ । नेपाली कांग्रेसका युवा नेता सो पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ को विकट भैसाही नाकामा विगत लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील भई आउनुभएका युवा नेता हरिबहादुर खड्का राजमोमा प्रवेश गर्नुभएको हो । राजमो कार्यालय दाङमा एक संक्षिप्त कार्यक्रम गरी जिल्ला उपाध्यक्ष महेश रिजालले उहाँलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, जिल्ला कोषाध्यक्ष मधुकर पुन तथा राजमो राजपुर एरिया समितिका सदस्य तेजबहादुर बाठा मगरको पनि उपस्थिति रहेको थियो।