लामो समयदेखि कचल्टिँदै आएको नेकपा एमालेको अन्तरविरोधले नयाँ आकार लिएको छ । तत्कालका लागि एमाले नफुट्ने पक्का भएको छ । आसन्न महाधिवेशनसम्म अन्तरिम कालका लागि केपी ओली र माधव नेपाल दुबैलाई अध्यक्ष बनाएर सम्झौता गर्ने गृहकार्य सुरु भएको छ । र, अब केही महिनाभित्रै हुने महाधिवेशनपछि ओली र नेपाल बाहेक तेस्रो अध्यक्षको खोजी गरिनेछ । अध्यक्ष ओलीले यसअघि नै आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने घोषणा गरिसकेका छन् । अब माधव नेपालले पनि आगामी महाधिवेशनबाट अध्यक्षको दाबी छोड्नुपर्ने ओली पक्ष