मोरङ– चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको हो । विराटनगरको महेन्द्र चोकबाट शुरु भएको र्याली भट्ठा चोकमा पुगेर सकिएको थियो । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सी […]