काठमाडौं : भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार शुरु भएको छ। चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए।मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०\१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो। तर दुवै कम्पनीले विभिन्न ब