निसु तोकिएका मुद्दा पनि अब पुनः सुनुवाइमा जाने, हेर्दाहेर्दैका मुद्दामा पनि गोला प्रणाली लागू हुने

काठमाडौँः गोला प्रणालीबाट पेसी व्यवस्थापन हुँदा पहिलो पटकका लागि सर्वोच्चमा विचाराधीन हेर्दाहेर्दै र निर्णय सुनाउने (निसु) मिति तोकिएका मुद्दा पनि समेटिने भएका छन्। मंसिर १५ गतेबाट गोला प्रणाली लागू हुने निर्णय भइसकेको छ।  निर्देशिका लागू भएपछिको गोला प्रणालीमा हेर्दाहेर्दै र निसुमा रहेका न्यायाधीशलाई अलग गरेरमात्र इजलास गठनको व्यवस्था छ। तर, पहिलो…

सम्बन्धित सामग्री

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र

आजदेखि उच्च र जिल्ला अदालतमा गोला प्रणाली लागु

काठमाडौं । आजदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली सुरु भएको छ । सर्वोच्च फुलकोर्टको बैठकले दुवै तहका अदालतमा पनि गोलाबाट पेसी तोक्ने निर्णय गरेको थियो । फुलकोर्टले यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरेको थियो । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाबाट पेसी तोकिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको […]

जिल्ला र उच्च अदालतमा पनि गोला प्रणाली

सर्वोच्च अदालतको पूर्ण बैठकले जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न आवश्यक नियमावली र निर्देशिका पारित गरेको छ । बुधबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।   यस...

उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली

सर्वोच्च अदालतपछि अब मातहतका अदालतहरूमा पनि गोला प्रणालीबाट पेसी व्यवस्थापन हुने भएको छ । उच्च र जिल्ला अदालतमा माघ २ बाट गोला प्रणाली लागू गर्ने निर्णय सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले गरेको हो ।

आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रणाली लागू हुँदै छ । योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यो प्रणाली बुधवार देखी लागु हुन लागेको हो । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।

आजदेखि सर्वोच्चमा गोला प्रणाली

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न  उठेको  भन्दै  न्यायाधीशहरूले इजलास बहिष्कार  गर्दै आइरहेका थिए ।पेसी तोक्नका लागि गोला  प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । । नियमावली  कार्यान्वयन  गर्ने बारेको  सूचना सोमबार ने

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने, राजपत्रमा सूचना प्रकाशित

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने गरी गरिएको सर्वोच्च अदालत नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। सोमबार नेपाल राजपत्रमा प्रकाशित गरिए पछि अब आगामी मंसिर १५ गते देखि गोला प्रथा लागू हुने भएको हो। 'सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली,२०७८  संवत् २०७८ मंसिर १५ गते देखि प्रारम्भ हुने गरी तोकेकोले सूचना प्रकाशन गरिएको छ,' सोमबार प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ। यस अघि प्रधानन्यायाधीशले नै आफ्नो तजबिजको आधारमा मुद्दाको...

गोला प्रणाली लागू भएपछि असन्तुष्ट न्यायाधीशले सबै मुद्दा सुनुवाइ गर्ने

पेसी तोक्न गोला प्रणाली लागू भएपछि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने सहमति समेत न्यायाधीशबीच भएको छ ।

आन्दोलन शिथिल पार्न गोला प्रणाली अपनाए बहसमा जान्नौं : बार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निरन्तरता दिनका लागि गोला प्रणाली लागू गरिएमा बहसमा नजाने बताएको छ । हालसम्म कस्तो किसिमले गोला प्रणाली लागू गर्न खोझेको हो भन्ने तय नभइसकेकाले नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्रै यसबारे थप धारणा तय गर्ने बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बताए ।