प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने भएको छ । आफुले कारवाही गरेका १४ सांसदबारे सभामुख अग्नि सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिस्कार गर्ने भएको हो ।‘हामीले कारवाही गरेका १४ सांसदमाथि कारवाहीको सूचना जारी गर्न सभामुखलाई भनेको धेरै समय भैसक्यो । तर सभामुखले हाम्रो आग्रहलाई कुनै सुनुवाई गर्नुभएन’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘यस्तो अवस्थामा कार्यव्यवस्था परामर्श समितिमा सहभा