नयाँ नेतृत्वका लागि नाडाको निर्वाचन सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानका लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान स्थलमा भेला भएका छन् । नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबार सुरु भएको हो । नाडाको नयाँ नेतृत्वका लागि […]

सम्बन्धित सामग्री

नाडाको नयाँ नेतृत्वका लागि मतदान सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ ।

नाडाको नयाँ नेतृत्व छान्न मतदान, २२ सय सदस्यले भोट हाल्दै

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको हो। मतदानको लागि नाडाका सदस्यहरु बिहानैदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका हुन्।नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबारदेखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्। चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। नाडाको नयाँ नेतृत्वको लागि २ हजार २

नाडाको ४५ औ साधारणसभा सुरु, नेतृत्वका लागि भोलि निर्वाचन हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभा राजधानीमा शुरु भएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा सभाको उद्घाटन गरेका हुन् ।नाडाको नयाँ नेतृत्व समेत छनोट गर्ने यस सभाको उद्घाटनको सत्र आज रहेको छ भने सभाले संघको भावी नेतृत्वका लागि भोलि अर्थात् मंसिर २३ गते निर्वाचन गर्नेछ । यसपटक नाडामा व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि प्रत्यक्ष निर्वाचनमार्फत सभाले नाडाको कार्य समितिको टुंगो लगाउनेछ । अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् भने चौधरी र

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् । त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए । खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् । यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् । यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ । नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । करण चौधरीको प्यानलका उम्मेदवार अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी ध्रुव थापाको प्यानलका उम्मेदवार आकाश गोल्छा, दीपक अग्रवाल, अमरज्योति रञ्जित, बीएन पाठक, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान ।

नाडामा केन्द्र र मोफसलबीच भिडन्त, कसले मार्ला बाजी ?

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा यतिखेर नयाँ कार्यसमिति चयन निम्ति चुनावी सरगर्मी बढ्दो छ । यही मंसिर २२ र २३ गते राजधानीमा नाडाले ४५ औँ साधारणसभा आयोजना गर्दैछ । सोही साधारणसभामा संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच भिडन्त हुने भएपछि निर्वाचन रौनक बढेको हो ।नाडाको भावी नेतृत्वका लागि दुई व्यवसायी करण चौधरी र ध्रुव थापा आमुन्नेसामुन्ने हुँदैछन् । त्यसो त चौधरी र थापाले आ–आफ्नो एकल उम्मेदवारी मात्र दिएका छैनन्, नाडामा आफ्नो बलियो उपस्थिति देखाउन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

नाडाको चुनावमा चौधरी र थापाको प्यानल, को-को छन् प्रतिस्पर्धामा ?

१६ मंसिर, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वका लागि दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर २२ र २३ मा नाडाको निर्वाचन तथा ४५ औं साधारणसभाका लागि दुई समूह …

नाडाको निर्वाचन स्थगित

काठमाडौं (अस) । अटोमोबाइल व्यवसायीको छाता संगठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को २१ औं निर्वाचन स्थगित भएको छ । ४५ औं साधारणसभा तथा नयाँ नेतृत्वका लागि भदौ २५ गते निर्धारित नाडाको निर्वाचन कोरोना महामारीको संक्रमण बढ्दै गएपछि तत्कालका लागि स्थगित गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । नाडाको मंगलबार बसेको १४ औं केन्द्रीय कार्यसमिति बैठकले हाललाई सभा–सम्मेलनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएकाले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि साउन १५ गतेको बैठकको  निर्णयअनुसार नाडाले साधारणसभा एवं निर्वाचनको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको थियो । प्रशासनले कोरोना महामारीको तेस्रो संक्रमण आउन सक्ने र संक्रमणको दर बढ्दै गएकाले अनुमति दिएको थिएन ।

नाडाको अध्यक्षमा दाहाल र कँडेल भिड्दै

सवारी तथा सवारीजन्य वस्तुसँग सम्बन्धितहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदै छ । नाडाको ४१ औं साधारणसभाले चयन गर्ने नयाँ नेतृत्वका लागि सिप्रदी ट्रेडिङका शम्भुप्रसाद दाहाल र राम कँडेलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।