काठमाडौंः खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच लामिछानेको जन्मदिनको अवसरमा ट्रेलर सार्वजनिक गरिएको हो।
२ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा बेपत्ता भएको छोराको खोजीमा रहेका बुवाआको कथा देखाइएको छ। ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्रले नै स्थान पाएका…