१० वर्षमा सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा बढ्यो

जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो । यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

सम्बन्धित सामग्री

नेपालमा मातृमृत्यु : ५७ प्रतिशत आमाले अस्पतालमै गुमाउँछन् ज्यान

काठमाडौं : नेपालमा सबैभन्दा धेरै मातृमृत्यु लुम्बिनी प्रदेशमा हुने गरेको पाइएको छ। स्वास्थ्य सेवाको पहुँचबाट सुगम मानिएको लुम्बिनी प्रदेशमा देशभरका अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै सुत्केरी आमाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा प्रतिएक लाख जीवित जन्ममा २०७ आमाको मृत्यु हुने गरेको देखिएको छ।तर देशभरको समग्र मातृमृत्यु दर हेर्ने हो भने  नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुन्छ। देशभरको समग्र मातृ मृत्युदरमा सुधार आए पन

डेंगुबाट २१ जनाको मृत्यु,७५ जिल्लामा फैलियो संक्रमण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा डेंगु संक्रमणबाट २१ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयले हाल ७ वटै प्रदेशको ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ। मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमित व्यक्ति भेटिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १२ हजार ९ सय ४७ जनामा डेंगु संक्रमित भेटिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।त्यस्तै,प्रदेश १ मा पाँच सय ६०,मधेश प्रदेशमा २ सय ६१,गण्डकीमा चार सय ९,लुम्बिनी प्रदेशमा २ हजार ६ सय ४३ जना,कर्

देशभर डेंगुका १२ हजार २१७ जना बिरामी, ११ ले गुमाए ज्यान

काठमाडौं : नेपालमा  डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्।संक्रमितमध्ये सबैभन्दा धेरै विगत १५ दिनमा भेटिएका छन्। गएको डेढ महिनामा डेंगुबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। मन्त्रालयको विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा रहेका छन्। बाग्मती प्रदेशमा हाल ९ हजार ३०४ जना डेंगु संक्रमित भेटिएका छन्।लुम्बिनी प्रदेशमा १ हजार ४७९ जना,

चिकित्सक भन्छन् : अहिलेको डेंगुका लक्षण कडा छन्

काठमाडौं : नेपालमा डेंगु संक्रमित ११ हजारभन्दा बढी पुगेका छन् भने हालसम्म ११ जनाको मृत्यु भइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यसरी डेंगु संक्रमण देखिने सबैभन्दा धेरै बाग्मती प्रदेशका रहेका छन्।बाग्मतीमा हालसम्म ८ हजार ३९० जना डेंगुका बिरामी भेटिएका छन्। लुम्बिनी प्रदेशमा १ हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र  कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।२ सातामा ६ ह

नेपालको जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यो संख्या १० वर्षअगाडि गरिएको गणनाभन्दा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षअघि २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको सरदर जनसंख्या वृद्धिदर वार्षिक शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । १० वर्षअघि गरिएको जनगणनामा यस्तो वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । १९८७ सालपछि जनसंख्याको वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम भएको यो पहिलोपटक हो । १९७८ र १९८८ सालमा भने जनसंख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो । २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसंख्याको वार्षिक वृद्धिदर २ प्रतिशतभन्दा धेरै रहेको देखिन्छ । अहिले गरिएको जनगणनाअनुसार कुल जनसंख्यामा १ करोड ४९ लाख १ हजार १६९ जना महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष रहेका छन् । प्रतिशतका आधारमा अंश महिलाको ५१ दशमलव शून्य ४ र पुरुषको ४८ दशमलव ९६ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा पुरुष ४८ दशमलव ५ र महिलाको अंश ५१ दशमलव ५ प्रतिशत थियो । प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोवास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ ओटा घरमा बसेका देखिएको विभागले जानकारी दिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करीब २४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७ सय ५७ ओटा परिवार थप भएको छ । ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार रहेको छ । सबै भन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ रहेको प्रारम्भिक गणना विभागले सार्वजनिक गरेको छ । ३२ ओटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । नेपालको कुल जनसंख्यामध्ये प्रदेशगत आधारमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ । लैंगिक अनुपातमा सबैभन्दा धेरै मधेश प्रदेशमा १ सय १ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर सातओटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिवर्ष १ दशमलव २५ र सबैभन्दा कम गण्डकी प्रदेशमा शून्य दशमलव ३० प्रतिशत रहेको विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र विसं २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको कात्तिक २५ देखि २०७८ मङ्सिर ९ सम्म गरिएको थियो ।

जनगणना २०७८ : कुन प्रदेशमा कति बढ्यो जनसङ्ख्या ? (विवरणसहित)

न्युज अफ नेपाल, काठमाडौं । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम जनसंख्या थप भएको छ । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको हो । यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार […]

कुन प्रदेशमा कति थपिए संक्रमित?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २३१ जनामा कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४१३ जना, प्रदेश २ मा ११ जना, गण्डकी प्रदेशमा २७८ जना, लुम्बिनी प्रदेशमा १४६ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

कोभिड-१९बाट ज्यान गुमाउनेहरू : बागमतीमा सबैभन्दा धेरै, कर्णालीमा थोरै

काठमाडौँ : बागमती प्रदेशमा ४ हजार १४ जना कोभिड संक्रमितको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो । त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ५६३ जनाको मृत्यु भएको छ ।  प्रदेश १ मा एक हजार २६५ जना संक्रमितको मृत्यु ,गण्…

कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी बागमती प्रदेशमा, कम कर्णालीमा

काठमाडौं। कोरोना संक्रमणका कारण सबैभन्दा बढीको मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमतीमा हालसम्म ३ हजार ९३८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण प्रदेश–१ मा एकहजार २११, प्रदेश–२मा ७२७, गण्डकी प्रदेशमा ९३२, लुम्बिनी प्रदेशमा एकहजार५४४, कर्णाल प्रदेशमा ३९५ र सुदूरपश्चिम प्रदेशमा४३२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण नौहजार१७९ जनाले ज्यान गुमाएका छन्।

आज कुन प्रदेशमा कति संक्रमित थपिए?

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा बागमती प्रदेशमा १ हजार ५४८ जना संक्रमित थपिएका थिए। यस्तै प्रदेश १ मा ३१८, गण्डकी प्रदेशमा २५९, लुम्बिनी प्रदेशमा १९३, कर्णाली प्रदेशमा १८१, प्रदेश २ मा १०६ र सुदूरपश्चिम प्रदेशमा १०४ जना संक्रमित थपिएका छन्।