काठमाडौं : भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा उनले दर्शकहरूले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए।उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए। हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे।कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश सम