संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाको प्रमुख पदमा काँग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ । विराटनगर काँग्रेसका सभापति दीपक चापागाईंले दिएको जानकारी अनुसार वडाध्यक्ष र नगरसमितिका धेरैले नागेश कोइरालालाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत दिएपछि उनको नाम १ नम्बरमा राखेर पठाइएको छ । बहालवाला मेयर भीम पराजुलीको नाम भने छैटौँ नम्बरमा राखिएको छ । सिफारिस गरिएका अन्य नामहरूमा मोरङ जिल्लाका उपसभापति कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागा