काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब सातदोबाटो युथ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोसँग २-१ गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफमा सातदोबाटोका मार्टिन एडेल्फ सिलो नान्गा र अजयी मार्टिन्सले गोल गरेका थिए। ११ औं मिनेटमा एडेल्फ सिलोको गोलमा…